सिन्धपाल्चोक। चर्चित खान्दोके सेलो गायक तथा संगीतकार प्रेम योन्जन लामाको “मै मरी जाउँला सम्झौला” बोलको गीत सार्वजनिक भएको छ। गत शुक्रबार गीत प्रेम योन्जन लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
जंगे तामाङको रचना रहेको गीतको संगीतमा प्रेम योन्जन स्वर र फिमेल भर्जनमा कजल तामाङ रहेकी छिन् ।
पछिल्लो समयमा सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा मौलिक खान्दोके सेलो / खान्दोके भाकाको गीतले आफ्नो छुट्टै पहिचान छन् । गायक प्रेम आफ्नै मौलिक भाका खान्दोके सेलो गीतहरू ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन एक सफल खान्दोके सेलो युवा गायक तथा संगीतकारको हुन् ।
खान्दोके सेलो भनेको हाम्रो मौलिकता हो । यसको हामीले जगेर्ना गर्नु,संरक्षण गर्नु, प्रवर्धन गर्नु हाम्रो मुख्य दायित्व हो। यसको लोभ हुनु दिनु हुँदैन यसको लोभ हुनु नै हाम्रो पुर्खाको लोभ हुनु हो भनेर गायक प्रेम योन्जन बताउँछन् ।
सेलो आफ्नो मौलिकता, संस्कृति परम्परामा आधारित हुन्छ। तामाङ समुदायको बिहे, छेवार ,पास्नी ( अन्न प्रसन्न) इत्यादिमा पनि आफ्नै मौलिक खान्दोके भाकामा माउवली र घर गाउलीबिच खान्दोके सेलोमा दोहोरी खेल्ने गर्छ ।
प्रेमले अक्कले म्हेमकी नक्कले कोन, योन्जन वंश खान्दानी र खान्दोके सेलो ब्रान्ड भन्छ.. लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।