काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर माइतीघरमा भेला भएर धोती दिवस मनाएका हुन् ।
उनीहरूले ‘धोती हाम्रो सान हो, मधेसको पहिचान हो । धोती दिवस जिन्दाबाद, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिले आज धोती दिवस मनाउने निर्णय गरेको थियो । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको थियो ।































