चर्चित गायक संजीव घिसिङको “गोप्य छ कुरा” पर्दाफास ( म्युजिक भिडियो )

काठमाडौं । चर्चित सेलो गायक सन्जीब घिसिङको “गोप्य छ कुरा” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त म्युजिक भिडियो गत हप्ताको शुुक्रबार  सन्जीब घिसिङको आफ्नै अफिसियल युट्युब च्यानलबाटै सार्वजनिक गरिएको हो।

जुन गीतको शब्द सङ्कलन राजु लामा थिङ र मिङमार शेर्पाको साझेदारीमा गरिएको थियो। उक्त गीतमा संगीत स्वयं घिसिङले नै गरेको छ। गीतमा स्वर चर्चित गायिका सुमिना ल्हो र घिसिङ् आफ्नै स्वरमा सुन्न सकिन्छ ।गीतमा केटा र केटी बीचको सुरुदेखि अन्तिमसम्म ठट्यौली र माया पिरती संग सम्बन्धित ठट्यौली भाका रहेको छ।


म्युजिक भिडियो पाल्देन लामाको निर्देशन र भिडियो पर्दा सप्रीन बज्यु तामाङ र जस्टिना स्याङ्तानको अभिनय हेर्न सकिन्छ भने दुर्गा श्रेष्ठको छायांकनमा उक्त म्युजिक भिडियो हेर्न सकिन्छ।

गीत संगीतको यात्रामा लागेर छोटो समयमै दर्शकको मनमुटुमा बस्न सफल युवा गायकको रुपमा चिरपरिचित छन् सन्जीब घिसिङ। दर्शक श्रोता हरूबाट पनि राम्रो सल्लाह सुझाव र प्रतिक्रिया पाएकाले घिसिङ झन् प्रफुल्लित भएको गायक सन्जिब घिसिङ बताउँछन् ।