काठमाडौं । गायक प्रेमलाल दोङको खान्दोके सेलो “परिलो की माईला” बोलको गीत सार्वजनिक भएको छ ।
खान्दोके सेलो सिन्धुपाल्चोक जिल्लाको हिमाल क्षेत्रमा प्रचलित भाका हो ।
हिराकाजी लामाको शब्द प्रेम योन्जानको संगीतमा प्रेमलाल दोङ र सुमिना ल्होको स्वर सुन्न सकिन्छ । एजेन्जमा जोक लाल लामा र मिक्सिङमा दिपेश प्रधान रहेको छ ।
प्रेमलाल दोङको यो तेसो प्रस्तुति हो । यसअघि उनका हिमाली गाउँको आस्याङको छोरी र कंगुर दली गीत सार्वजानिक भइसकेका छन् ।
गीत प्रेम योन्जान अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।