हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफोड हुँदा सञ्चार सेवा ठप्प भएको छ ।
टावर तोडफोडभएपछि सर्केगाड गाउँपालिकावासी सम्पर्कविहीन हुनुपरेको स्थानियले बताएका हुन् ।
अज्ञात समूहले राति गएर सोलार तोडफोड गरेको बताइएको छ ।

टावर तोडफोड भएपछि सिंगो गाउँपालिका सम्पर्कविहीन बनेको माओवादी नेता छवी थापाले बताए ।
थापाका अनुसार गाउँपालिकाका आठ वटै वडामा फोन सम्पर्क समेत हुन सकेको छैन् ।
सर्केगाड गाउँपालिकामा गाउँपालिकाको कार्यालय, इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक लगायतका कार्यालयहरु रहेका छन् ।
नेपाल टेलिकम हुम्लाका अनुसार तीनपटक टावर तोडफोड भएको छ । त्यसैले तोडफोड भएको टावरको प्रहरी मुचुल्का नआएसम्म मर्मत टेलिकमले जनाएको छ ।
अझै केही दिन टावर मर्मत नहुने भएकाले स्थानीयले सास्ती खेपिरहनुपर्नेछ ।
































