जुगलको प्रसिद्ध निम्लुङ भिमसेन मेला मङ्सिर ३० गते

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाकै ठूलो धार्मिक एंव पर्यटकीय रूपले परिचित निम्लुङ भिमसेनथानको मेला हुने भएको छ । प्रत्येक वर्ष मङ्सिर पुर्णिामाका दिन लाग्ने मेला यहीँ मङ्सिर ३० गते हुन थालेका हुन् ।

मन्दिर जङ्गलै जङ्गलको बीचमा रहेको छ । मन्दिर ऎतिहासिक पुरातात्त्विक महत्त्वको छ। मन्दिरमा पुग्न गाउँ भन्दा अलि माथी ३० मिनेटको पैताला यात्रा गरे पुग्ने स्थानीय पुजारीले बताए ।

“मन्दिरमा विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेका छन् । मान्छेहरुले आफ्नो महत्त्वाकांक्षी पूरा हुने विश्वासले बकाल पनि गर्छन् । मन्दिर सांस्कृतिक तथा पर्यटकीय रूपमा रमणीय रहेको छ,” पुजारीले भने।

स्थानीय तामाङ समुदायमा प्रचलित रातभरि विशेष नाचगानडम्फू नाच, खान्दोके सेलो गाउने नाच्ने चलन रहेको स्थानीय गायक प्रेम लाल दोङ बताउँछन् ।

मेलामा भक्तालुको भीड बढ्दै गएपछि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिने र मेलालाई शान्तिपुर्ण सम्पन्न गर्ने निम्लुङ भिमसेन संरक्षण समितिले जनाएको छ ।