काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन सयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्।
प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किनेछन् ।































