सुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारुको मृत्यु भएको हो ।
घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकल ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ठक्करबाट थारुको टाउको र आँखामा गहिरो चोट लागेको थियो ।
‘गम्भीर घाइते भएका थारुलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रहरीका अनुसार उपचारका क्रममा थारुको आज विहान निधन भएको हो ।
मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको र मोटररसाइकल चालक हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढा रहेको खुलेको छ ।तर चालक सरकारी कर्मचारी नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार कसैले हुम्ला खानेपानी कार्यालयको भनेपनि अझै यकिन नभएको र अनुसन्धान भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका हुम्लामा सरकारी मोटरसाइकल किनेर सुर्खेतमा चलाउँदै आएको अनुमान प्रहरीको छ ।
तर कर्मचारी नै नभएको व्यक्तिले कसरी सरकारी मोटरसाइकल प्रयोग गरे रु यो अनुसन्धानको विषय रहेको प्रहरीले बतायो । चालकलाई पक्राउ गरी अनुसन्धान थप अनुसन्धान अगाडि बढेको छ ।































