काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।
आइतबार दिल्ली पुगेकी राणाले सोमबार साँझ साढे ७ बजे प्रधानमन्त्री मोदीसँग भेट गरेकी हुन्।
भेटमा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ। मन्त्री राणाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।
































