काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो दुई जनाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाए।
‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए,’ प्रधानमन्त्री ओलीले फेस्बुकामा लेखेका छन्।
































