काठमाडौं । आज शनिबार थानकोट क्षेत्रमा पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ ।
बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने छ।
थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।
निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाए।































