कर्णालीमा कांग्रेसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । कर्णाली सरकारमा कांग्रेसबाट चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ ग्रहण गरेका छन् ।
आठ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसले लिएको छ।