रुकुम पश्चिममा विवाद मिलाउन गएका प्रहरीमाथि हातपात

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै हातपात भएको छ ।

स्थानिय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार सो विवादबारे बुझ्न प्रहरी पुगेको थियो ।
विवादमा आक्रोशित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीमाथि कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन् ।

घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।