काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध उनकी श्रीमतीले मुद्धा दायर गरेकी छिन् । आफुमाथि घरेलु हिंसा गरेको भन्दै श्रीमानविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेकी हुन ।
श्रीमती जानकी पाण्डेले दायर गरेको मुद्धामा मुद्दामा श्रीमतीमाथि घरेलु हिंसासँगै आर्थिक तथा मानसिक हिंसा गरेको अभियोग छ ।
साथै भण्डारीले विवाह दर्ता गर्न नमानेको भन्दै श्रीमती पाण्डेले विवाह दर्ता कायमका लागि समेत मुद्दा दर्ता गराएकी छिन् । मुद्दाको पहिलो पेशी बिहिबारका लागि तोकिएको अदालतले जनाएको छ ।
भण्डारीले जानकी पाण्डेसँग २०७४ माघमा विवाह गरेपनि अहिलेसम्म विवाह दर्ता गरेका थिएनन् ।
































