काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएाक छन् ।
शितल निवासमा राष्टपति रामचन्द्र पौडेलले गोपनियताको सपथ गराएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले मन्त्रालयमा मन्त्रीहरू पठाएका हुन्।
कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले पदभार ग्रहण आजै गर्नेछन् ।
कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाएको छ। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन् ।
साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बनेका छन् ।
एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बनेका छन्।
यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बनेका छन् ।
































