सत्तापक्ष र प्रतिपक्षसँग छुट्टाछुट्टै वार्तामा प्रधानमन्त्री

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश टीओआर तय गर्न बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

यहीबीच प्रधानमन्त्री प्रचण्डले सहमतिको विन्दु खोज्न भन्दै कहिले सत्ता त कहिले प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै संवाद समेत गरिरहेका छन् । उक्त कार्यादेश तय गर्न गठित कार्यदलसहित प्रधानमन्त्रीको निवासमा अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यादेशमै उनको नाम उल्लेख गरेर छानबिन गरिनुपर्नेमा जोड दिएको छ । सत्तापक्षले यो माग स्वीकार गरेको छैन ।