इलाम २ मा रास्वपाबाट मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट इलाम २ मा मिलन लिम्बु उम्मेदवार बनेका छन् । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेको बेला रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ ।