सुर्खेत । कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका पुरूष मृत फेला परेका छन्।
होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका युवा मृत फेला परेका हुन ।
मृत फेला पर्नेमा कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका ३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेका छन् ।
उने पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए। शाहीसँगै १७ जनाले हाम फालेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बेपत्ता भएको तीन दिनपछि शव फेला परेको बताए । शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको चिसापानीस्थित कर्णाली नदीमाथिको पुलमा घुमफिर गर्नेले सावधानी नपाउँदा यस्ता अप्रिय घटना हुने गरेको प्रहरीले बताएको छ ।































