परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरद्धारा त्रिवि पुस्तकालय भवन उद्घाटन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भवन उद्घाटन गरेका हुन ।

भारतको सहयोगमा कीर्तिपुरमा बनेको नवनिर्मित भवनको उद्घाटन भएको हो । भवन तीनतले बनेको छ ।

यो भवन त्रिविलाई हस्तान्तरण पनि गरिएको छ। यो पुस्तकालय भवनमा करिब दुई हजार विद्यार्थी बसेर अध्ययन गर्न सकिने त्रिविले जनाएको छ।

पुस्तकालय भवन निर्माणको काम वि।सं। २०७७ बाट सुरू भएको थियो।

०७२ मा गएको भूकम्पले त्रिवि पुस्तकालय भवनमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको हो। करिब ३६ करोड लगानीमा भवन बनाइएको हो।