काठमाडौं । हुम्लाका गोविन्द रावत जिल्लाकै पहिलो डिएसपी बनेका छन् । उनी प्रहरी निरीक्षक इन्पेक्टरबाट डिएसपीमा बढुवा भएसँगै जिल्लाकै पहिलो प्रहरी नायब उपरीक्षक डिएसपी बनेका हुन् ।
डिएसपी रावत सर्केगाड गाउँपालिका १ जैरका स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार जिल्लाले नै पहिलो पटक डिएसपीको दर्ज्यानी पाएको हो ।
प्रहरीमा ७५ जना डीएसपीमा बढुवा भएका थिए । त्यसैमध्ये रावत ४५ नम्बरमा बढुवा भएका हुन् ।
अहिलेसम्मको इतिहास हेर्दा प्रहरीतर्फ डिएसपीमा बढुवा हुने उनी मात्रै एक हुन् । उनीभन्दा माथिल्लो दर्जामा कोही पनि छैन् ।
विकट जिल्ला हुम्लामा जन्मिएका रावतले सदाबहार गौरवशाली इतिहास रचेका छन् ।
डिएसपी रावतले विसं २०७० मा इन्स्प्केटरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
अब्बल प्रहरी अधिकृतका रुपमा परिचत रावत हाल संयुक्त राष्ट्र संघीय मिशन साउथ सुडानमा कार्यरत छन्।