काठमाडौं । सात महिनादेखि सर्केगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । त्यतिबेलाकी प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाको सरूवा भएपछि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबैजसो प्रशासनिक कामहरु ठप्प भएका छन् । सात सात महिनादेखि प्रशासनिक कामहरु ठप्प हुँदा आम नागरिक सेवा लिनबाट बञ्चित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया कसैको सम्पर्कमा आउनै चाहदैनन् । दुर्घटनामा ज्यान गुमाएका उपाध्यक्ष चन्द्रसिंह कार्कीको ठाउँमा देवकी तिमल्सिना आइसकेकी छिन् ।
तर, पनि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको पहल समेत गर्न सकेको छैन् । त्यसैले दुर्गम जिल्लामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गम्भिर समस्या त्यहाँका नागरिकहरुले झल्नुपरेको छ ।































