हुम्ला । कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाडदेखि बाजुराको पिलसम्मको सडक मर्मतको काम सम्पन्न भएको छ । जिल्ला सडक विभाग हुम्ला र संयुक्त यातायात सेवा सर्केगाडको पहलमा सो सडक मर्मत सम्भार भएको हो ।
अविरल वर्षाका कारण अवरुद्ध विभिन्न ठाउँमा सडक अवरुद्ध भएको थियो । मर्मत सम्भारको काम सकिएर पूर्ण रुपमा सडक सञ्चालमा आएको विभागले जनाएको छ । अल्फा बिल्डर्स एण्ड डेभलपर्स प्रालिले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत गरेको हो ।
नेपाली सेनाले निर्माण गरेको सो सडक खण्डमा स्थानीय प्रहरीको पहलमा पनि मर्मत सम्भारको काम हुँदै आएको छ । धेरै स्थानमा खसेको पहिरो पन्छाइसकेपछि सडकमा सवारी आवागमन भएको अल्फा बिल्डर्सले जनाएको छ ।
निरन्तर परेको अविरल वर्षाका कारण अवरुद्ध सडकका कारण बाजुरा, मुगु र हुम्लाका यात्रुहरु सास्तीमा थिए ।































