कर्णालीमा हिमपात, जनजिवन प्रभावित

कर्णाली । आज विहानैदेखि कर्णाली प्रदेशका विभिन्न हिमाली जिल्लामा हिमपात भइरहेको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भइरहेको हो ।

प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत बनेको छ ।

हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको छ। बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ। ढिलो गरी भएको हिमपातले उत्पादनमा सहज हुने भन्दै कृषक खुसी भएका छन् ।