एनसेलको शेयर बिक्रीमा प्रधानमन्त्रीको चासो, अध्ययन गर्न निर्देशन

काठमाडौं । एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गर्दै यथासिघ्र अध्ययन गर्न निर्देशन दिएका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा यस्तो चासो व्यक्त गरेका हुन ।

सेयर बिक्री गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको, प्रचलित कानुनी प्रावधान पूरा भए नभएको र राजस्वका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई अध्ययन गर्न निर्देशन दिएका हुन ।
मलेसियन कम्पनी आजियटा ग्रुप बर्हाडले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो ।
राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न खडा भएको छ ।