सञ्जीव घिसिङको ( ङाला जागिर पल्टनला ) म्यूजिक भिडियो आउदै

काठमाडौं । चर्चित तामाङ गायक सन्जिब घिसिङको गायन रहेको ‘ङाला जागिर पल्टनला ’बोल गीतको म्युजिक भिडियो आउने भएका छन् ।
दुर्गा श्रेष्ठले छायाङ्कन गरेको भिडियो भक्तपुरस्थित गुन्डुमा छायाङ्कन गरेका हुन्।


भिडियोमा मोडल: राजु लामा थिङ, निर्मला मोक्तान ,दिवस तामाङ, निर्मला ब्लोनको अभिनय गरेका छन् । म्युजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन गरेका छन् ।

गीतमा गायक सन्चिब घिसिङ र गायिका रम्सली थिङको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु डोल्मा थिङले रचना गरेकी छिन् ।

म्युजिक भिडियो भोलि शनिबार सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। भिडियो केशव जिम्बा युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ।