काठमाडौं । व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले हिरासतमा राख्न अनुमति दिएको हो ।
ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई भोलि ९शुक्रबार० अदालतमा उपस्थित गराउने प्रहरी तयारी छ ।

























