काठमाडौं । आज नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को अन्तिम दिन हो । संकल्प यात्रा चिवाभञ्ज्याङ पुगेर समापन गरिने भएको हो ।
पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुनेछ । आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।
अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी भएको यात्रा मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको थियो ।
































