वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको तेस्रो स्थानमा ‘एनिमल’

काठमाडौँ — एनिमल रणवीर कपुरको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । विश्वभरबाट ७ सय करोड कमाएसँगै कपुरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो ।

रणवीरको करिअरकै अहिलेसम्म धेरै कमाउने फिल्म एनिमल
हालै मात्र निर्माण टिमले सामाजिक सञ्जालमा फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै लेखेको छ, ‘बक्स अफिसको रेकर्डको पुनर्लेखन’ । फिल्मले प्रदर्शनको ११ औं दिनमा ७ सय ३७ करोडभन्दा माथिको व्यापार गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

एनिमल यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको तेस्रो स्थानमा आउँछ । रणवीरसँगै रश्मिका मन्दना, बवी देवल अभिनित फिल्म स्त्रीद्वेषी, पुरुषत्त्वले भरिएको समीक्षाहरुमा उल्लेख छ ।