काठमाडौं । पोर्चुगलले आफ्नो देशमा नेपाली दूतावास खोल्न स्वीकृति दिएको छ । यसअघि नेपालले दुतावास खोल्ने निर्णय गरेपछि स्वीकृति पाएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार संसदीय सुनुवाई समितिको बैठकलाई जानकारी गराउँदै पोर्चुगलमा दुतावास खोल्न सहमति प्राप्त भएको बताएका हुन ।
पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको र धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको साउदले बताए ।
पोर्चुगलमा दूतावास स्थापना पश्चातनेपाली नागरिकहरूको हकहित संरक्षण एवं प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै उक्त मुलुकबाट नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा योगदान पुग्न जाने विश्वास सरकारले गरेको पनि साउदको भनाइ छ ।
































