देशभरका केही उच्च पहाडी भुभागमा हिमपात र वर्षा

काठमाडौं । आज कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका उच्च पहाडी भागमा हिमपात र वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका उच्च पहाडी भुभागमा हिमपात र वर्षा भइरहेको हो ।
हिमपात र वर्षाका कारण जोडो बढेको छ ।

सुर्खेत, दैलेख र जाजरकोटमा पानी परिरहेको छ । हुम्लाको सदरमुकाम सिमकोटमा विहानैदेखि हिमपात भइरहेको छ । भने यता काठमाडौं उपत्यकामा भने वर्षा हुने सम्भावना न्युन रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशरभरका केही भुभागमा हिमपात र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महशाखाका अनुसार बेलुकादेखि मौसममा सुधार आउने अनुमान छ । गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रहेको छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ ।