लेबनानको सान्त्वना जित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हारएको हो।

लेबनानको जितमा क्रिस्टी मालूफ र मे रोज मन्हाले एक-एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा गोलको खाता खोल्न सकेन ।३औं मिनेटमा मालूफले गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन् । २२औं मिनेटमा मान्हाले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि थप गोल हुन सकेन ।

लेबनान पहिलो खेलमा म्यानमारसँग ३-१ तथा दोस्रो खेलमा नेपालसँग १-० ले पराजित भएको थियो । कीर्गिस्तान नेपालसँग १-० तथा म्यानमारसँग ५-० ले पराजित भएको थियो ।
आजै साँझ समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।