अखिल क्रान्तिकारी महिलातर्फको केन्द्रीय सचिवमा विद्याको उम्मेदारी घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको महिलातर्फको केन्द्रीय सचिवमा हुम्लाकी विद्या बुढाले उम्मेदारी घोषणा गरेकी छन् ।

उनले सञ्चारमाध्यमहरुलाई जानकारी गराउँदै केन्द्रीय महिलातर्फको केन्द्रीय सचिवमा उम्मेदवारी दिएको बताइन ।

निर्वाचन यही माघ १२ गते हुदैछ । विद्या शिक्षा क्षेत्रमा आफ्नो दक्षता देखाउँदै आएकी छिन् । साथै उनी राजनितिमा पनि अगाडी नै छिन् ।

सानैदेखि मिलनसार स्वभाव र पढाईमा अब्बल विद्या
सामाजिक कार्य गर्ने परोपकारी मन भएकी विद्याले आफ्नो औपचारिक शिक्षा हुम्लाबाट पुरा गरिन । त्यसपछि उनले समाजकार्य विषयमा स्नातक तह र राजनितिशास्त्रमा स्नातकोत्तर पुरा गरेकी छिन् ।

उनी हाल अन्तराष्ट्रिय सम्बन्ध र कुटनिति विषयमा एमफिल गरिरहेकी छिन् । राजनितिमा सधै चनाखो हुनुपर्ने भन्ने सोच पहिलेदेखि नै भएको उनी बताउँछिन् ।

त्यसै सोचका अनुसार उनी पद्मकन्याको अखिल क्रान्तिकारीको सहसचिव भएपछि हुम्ला जिल्ला समन्वय समितिको जिल्ला सचिव हुँदै अखिल क्रान्तिकारी संगठनको केन्द्रीय कमिटीमा रहँदै आएकी छिन् ।

यस्ता छन् विद्याका प्रतिवद्धताहरु
अबको विद्धार्थी आन्दोलन मुख्य त रोजगारीसँग जोड्नु पर्ने र देशमा नै रोजगारी वातावरण सृजना गरी वर्षेनी विदेशीने हजारौं विद्धार्थीलाई देशमै बस्ने वातावरण तयार पार्नुपर्ने भएकाले यस मुद्धालाई आफ्नो एजेण्डा बनाएको विद्याको भनाइ छ ।

शिक्षा क्षेत्रमा भएको विकृतिविरुद्ध अखिल क्रान्तिकारीको भुमिकालाई शसक्त बनाउन, क्रान्तिकारीको गौरवशाली इतिहासलाई अटल राख्न, नेपाली विद्यार्थीले भोग्नु परेका हरेक समस्याहरु सही पहिचान गरी समाधान गर्न, राजनितिमा महिलाको समाज पहुँच कायम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

आफुले लामो समयदेखि संगठनमा ईमान्दारिताका साथ संगठनको जिम्मेवारी पुरा गरेको र सम्पुर्ण प्रतिनिधिहरुले आफुलाई अत्याधिक बहुमतले बिजयी गराउने दाबी विद्याले गरेकी छिन् ।