संविधानसभा अध्यक्ष सुुवास नेम्वाङको निधनमा बिहीबार शोक विदा

पशुपति आर्यघाटमा भोलि बिहान ११ बजे अन्त्यष्टि गरिनेछ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक विदा दिने भएको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्त्यष्टिका दिन शोक विदा दिने निर्णय भएको जनाएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अन्तिम संस्कार गर्ने दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । देशभरकाम सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास नियोगहरुमा बिदा दिने र ती कार्यालयहरुमा राष्ट्रिय झण्ड आधा झुकाइनेछ ।

सांसद समेत रहेका नेम्वाङको मंगलबार विहान ह्दयघातका कारण निधन भएको थियो । पशुपति आर्यघाटमा भोलि बिहान ११ बजे अन्त्यष्टि गरिनेछ ।