काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा हुम्लाका नवराज शाहीले उम्मेदारी घोषणा गरेका छन् । उनले आज सञ्चारमाध्यमहरुलाई जानकारी गराउँदै केन्द्रीय उपमहासचिवमा उम्मेदवारी दिएको बताएका हुन ।
असोज १० गतेदेखि सुरु भएको सम्मेलन १४ गतेसम्म काठमाडौंमा चलिरहेको छ । शाहीले हुम्लाबाट पहिलो पटक २१ औं राष्ट्रिय सम्मेलनबाट प्रत्यक्ष निर्वाचित केन्द्रीय कमिटी सदस्य र २२ राष्ट्रिय सम्मेलन बाट प्रदेश उपाध्यक्ष र केन्द्रीय विस्तारित वैठकबाट मनोनित केन्द्रीय सचिव रहदै आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् ।
आफु सचिव भईसकेकाले सोही पदमा नदोहोरिने र उपमहासचिवमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।
आफुले लामो समयदेखि संगठनमा ईमान्दारिताका साथ संगठनको जिम्मेवारी पुरा गरेको र सम्पुर्ण प्रतिनिधिहरुले आफुलाई अत्याधिक बहुमतले बिजयी गराउने दाबी गरेका छन् ।
अबको विद्धार्थी आन्दोलन मुख्य त रोजगारीसँग जोड्नु पर्ने र देशमा नै रोजगारी वातावरण सृजना गरी वर्षेनी विदेशीने हजारौं विद्धार्थीलाई देशमै बस्ने वातावरण तयार पार्नुपर्ने भएकाले यस मुद्धालाई आफ्नो एजेण्डा बनाएको शाहीको भनाई छ ।
हिजो देखि जिल्ला पार्टी को अवस्था राम्रो हुँदाहुदै पनि कुनै पनि संगठनमा माथिल्लो पदको जिम्मेवारी नदिदा पछिल्लो पिंढीमा नेतृत्वको खडेरी पर्ने र त्यसको असर जिल्लाले भोग्नुपर्ने स्थिति आउने खतरा हुँदा त्यसलाई पनि मध्यनजर गरी आफु प्रदेशको कोठाबाट उपमहासचिवमा उम्मेदारी घोषणा गरेको शाहीले बताए ।
शैक्षिक सुधारका लागि निरन्तर लड्न विद्यार्थी आन्दोलन नयाँ सिराबाट उठाउने बताए ।

































