नेम्वाङको बुधबार अन्त्यष्टि गरिने, बेलायत र अष्ट्रेलियाबाट फर्किदै दुई छोरा

काठमाडों । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको बुधबार अन्त्यष्टि गरिने भएको छ । उनका दुई छोरा बेलायत र अष्टेलियाबाट फर्किने भएकाले भोलिमात्रै अन्त्यष्टि गरिने भएको हो ।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे र १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए।

नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्। जेठो छोराका सपरिवार बेलायतमा बस्दै आएका छन् ।

नेम्वाङको सोमबार राति १ बजे निधन भएको थियो। आज विहान उनको पार्थिव शरिर च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।