सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियारले राजीनामा पत्र बुझाएको बताए ।
कर्णालीमा माओवादीबाट चार जना मन्त्री सहभागी थिए। महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री थिए ।
यसअघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म कुरेको थियो।
प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो।
मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा
यसअघि केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो।
कर्णाली सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार निर्माणको बाटो खुलेको छ ।
































