काठमाडौं । “कृपया लाईन नमिच्नु होला । खाली लाईन नछोड्नु होला ।” दक्षिणकाली मन्दिर प्रवेशद्वारमा यहीँ लेखिएको छ । तर मन्दिर जाने मार्ग खाली -खाली छ । सायद आइतबारको दिन भएर होला ।
शनिबार अत्यधिक भिड लाग्ने भए पनि आइतबार भने भक्तजनहरुको कमै भिड देखिएको थियो ।
मन्दिर जङ्गलै जङ्गल बग्ने दुई नदिको दोभानमा रहेको छ । स्थानीयका अनुसार शनिबार धेरै मान्छेहरु विभिन्न ठाउँबाट मन्दिरमा दर्शन गर्न आउने गरेका छन । मन्दिर ऎतिहासिक पुरातात्त्विक महत्त्वको छ । शनिबार बाहेकका दिनमा भक्तजनको भिडभाड कमै हुने गरेको स्थानीय सिद्धान्त आचार्य बताउछन् । उनका अनुसार आइतबारका दिन भक्तजनको आवतजावत कम हुने गरेका छ ।
उक्त मन्दिरलाई काली देवी भनेर चिनिने पुजारीको भनाई छ। व्याली कष्ट मन्डप देखि दक्षिण भेगमा रहेको हुँदा दक्षिणकाली रहन गरेको हो । प्रकृतिक, संस्कृतिक दृष्टिकोणले अत्यन्तै रमणीय दक्षिणकाली मन्दिरमा स्वदेश तथा विदेशबाट दर्शन ,घुम्न र फोटो खिच्नको लागि मानिसहरु आउने गरेका छन । विषेश गरी हिन्दु धर्मलम्बीहरु भारत लगायत अन्य देशबाट पुजा आजा गर्न आउने गरेको पुजारी सरोज प्रसाद पुडासैनीले बताए।
” मन्दिरमा विषेश गरी शनिबार ,मंगलबार र बिहीबार धेरै भक्तजनको भिडभाड हुने गर्छ । अरु दिनमा खासै भिडभाड हुँदैन । तर आउदै नआउँने भन्ने हुँदैन , शनिबार व्यापक भिडभाड हुन्छ,” उनले भने ।
आज भन्दा सयौं वर्ष अगाडी राजा प्रताप दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली पनि एक रहेकी किम्बदन्तीमा भेटिन्छ । आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा विराजमान भएकी हुन् ।
जङ्गलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी नभई पुजाआजा समेत भएको थिएन । सपनामा त्यति देखाएतापनि राजाले त्यति ख्याल नदिएकाले दरवारकै पञ्चकन्या मध्य एउटी कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बताएकी हुन् ।
यति थाहा पाए पछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको स्थानमा आई विधि पूर्वक पूजा गराईयो । त्यसपछि भूषाकर्ण नामक दुई राक्षस उत्पन्न गराई राजाको सपना अनुसार गर्न आदेश दिएको हो । लम्बकर्ण भट्टको प्रमाण पक्षता राजा प्रताप मल्लको आदेशमा पातीमा स्वरुप माता कालीको मन्दिर स्थापन गरेको मन्दिरको हो ।
































