सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन्।
बुधबार दिउँसो मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।
कर्णाली प्रदेशमा माओवादीका रनसिंह बने मन्त्री
































