सिमकोट । अन्तत नेकपा एमाले हुम्लाको दशौं अधिवेशनले निर्वाचनमार्फत पदाधिकारी टुंगो लागेको छ ।
जिल्ला स्थायी केन्द्रीय सदस्य दल फडेरा र दल रावलको प्यानलबीच निर्वाचन सम्पन्न भएको हो ।
अन्तिम मतपरिणमा अनुसार अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । उनले १२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्प्रर्धी डबल रावलले ११९ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष प्रकाश बहादुर शाही निर्वाचित भएका छ । उनले १६२ मत ल्याउँदा उनका प्रतिस्प्रधी उब्जन मल्लले ८० मत प्राप्त गरे ।
त्यस्तै सचिवमा तिर्थराज शाहीले १३२ मत पाएर निर्वाचित हुँदा गोकुल बुढाले १०३ मत प्राप्त गरेका छन् ।
उपसचिवमा बुध भण्डारीलाई पराजित गराउँदै प्रदीप लामा निर्वाचित बने । उनले १३३ मत प्राप्त गर्दा भण्डारीले १०१ मत प्राप्त गरे ।
त्यस्तै उपसचिव महिलातर्फ मञ्जु रावल निर्वाचित भएकी छिन् । उनले १३४ मत प्राप्त गर्दा प्रतिस्प्रधी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गरिन् ।
पूर्वसांसद छक्कबहादुर लामा र पूर्वमन्त्री दल रावलले अध्यक्षमा ज्ञामी बुमी, उपाध्यक्षमा प्रकाश बहादुर शाही सचिवमा तिर्थराज शाही, उपसचिवमा प्रदीप लामा र मञ्जु रावललाई अघि सारेको थियो ।
त्यस्तै एमाले पूर्वसांसद गोरख बोगटी, एमाले हुम्लाका संस्थापक चक्र फडेरा, नेता दल फडेराले अध्यक्षमा डबल रावल, उपाध्यक्षमा उब्जन मल्ल, सचिवमा गोकुल बुढा, उपसचिव खुलामा बुध भण्डारी र उपसचिव महिलातर्फ विमला कुमारी शाहीलाई उम्मेदवार बनाएको थियो ।
दुई प्यानलबीच सर्वसम्मतिको सहमति नहुँदा मतदान भएको थियो ।
मतदानमा जम्मा २५८ मत खसेको थियो ।

































