धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको हो ।
ट्रकबाट आगो पुलमा समेत सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार प्रहरी, स्थानिय बासिन्दा र लम्कीचुहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
































