काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । वादी पक्ष १० जनाको बहस सकिएसँगै बिहीबारका लागि मुद्धा हेर्दा हेर्दैमा सारिएको हो ।
जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।
बुधवार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका छन् ।
बुधवार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका छन् । तर बुधवारको बहसमा सापकोटाको बहस सकिएको छैन । सापकोटाले नै बिहीबार पनि बहसलाई निरन्तरता दिनेछन् ।
































