महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ ।
गएराति उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २(००२(०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।
समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाट जोगिएको छ।
राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन ।
गौशाला नगरपालिका(१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको थियो ।
































