काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको बर्खास्त माग गरेको हो ।
संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त भन्दै बर्खास्तको माग गरिएको विज्ञप्तिमा लेखिएको छ ।

































