शितल निवास र प्रधानमन्त्री निवास बाहिर दुई महिना प्रदर्शन गर्न निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्रलाई थप लम्ब्याएको छ । एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेकोमा थप दुई महिना लम्ब्याएको हो ।

गत मंसिरमा प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

निषेधित क्षेत्र तोकिएको ठाउँमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।