मुटुमा समस्या देखिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । आज श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको उनको निजी सचिवालयले जनाएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।
गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठलाई अचानक मुटुको समस्या देखिएपछि उपचार गएिको थियो । उनको स्वास्थ्य स्थिति स्थिर रहेको जनाइएको छ ।

 

 


Invalid PDF File