सुशासन कायम गर्न सचिवको तलब ५ लाख पुर्याउनु पर्छ : सांसद लामा

काठमाडौं ।अर्थसमिति सदस्य छिरिङ डम्डुल लामाले नेपालका कर्मचारीको तलब अति न्यून भएको भन्दै बढाउनु पर्ने बताएका छन्।

भन्सार कार्यालयहरूको अनुगमनपछि गरिएको छलफलमा उनले यस्तो बताएका हुन्।

सदस्य लामाले सचिव तहका कर्मचारीलाई तलब ५ लाख र तल्लो तहका कर्मचारीको पनि न्यूनतम ५० हजार पुर्‍याउनु पर्ने बताए। यसले सुशासन कायम गर्न तथा सेवा प्रवाहमा सुधार गर्न सहयोग पुग्ने बताए।

उनले भन्सार व्यवस्थित गर्न नसके धेरै राजस्व गुम्ने बताए। भन्सारबाट चुहावट धेरै भएको दाबी गरे। भन्सार क्षेत्र प्रविधि मैत्री नभएको उनले बताए ।