पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्। आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरिएको हो।

इमेज टिभीका पूर्वसमाचार प्रमुख समेत रहेका खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।

प्रधानमन्त्री कार्कीले यसपटक राजनीतिक दल बाहिरका व्यक्तिलाई मन्त्रीमा सिफारिस गर्ने नीति लिएकी छिन्। सोहीअनुसार विषयगत क्षेत्रमा संलग्न भए पनि दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्री बनाउन सिफारिस गरिएको हो।