“जेनजी आन्दोलनमा अनुचित टिप्पणी गर्ने कर्मचारी–शिक्षकलाई कारबाहीको चेतावनी : जुगल गाउँपालिका अध्यक्ष”

अध्यक्ष रेशम स्याङ्बोले भने- आफैं बुझेर राजिनामा दिनु।

सिन्धुपाल्चोक । जेनजी आन्दोलनमा अनुचित टिप्पणी गर्ने कर्मचारी -शिक्षकलाई कारबाही गर्ने जुगल गाउँपालिकाले चेतावनी दिएका छन् ।

भदो २३ र २४ गते आन्दोलनमा राज्यका संरचना जलाउँदा हर्ष मनाउने जुगल गाउँपालिकाका कर्मचारी–शिक्षकमाथि कारबाही गर्ने भएका हुन् ।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संरचना जलाउँदा सामाजिक सञ्जालमार्फत “अब स्थानीय सरकारहरूको पालो” भन्ने टिप्पणी गर्ने कर्मचारी तथा शिक्षकहरू गैरजिम्मेवार भएको भन्दै कारबाही हुने गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।

“देशको ठूलो धनराशी फेरि ती संरचना बनाउन खर्चिनुपर्ने अवस्थामा, खुशी मान्ने कर्मचारी वा शिक्षकले आफूले जिम्मेवारी बोकेको बुझे राम्रो हुन्छ। यस्तो व्यक्तिले आफैं राजीनामा दिनुपर्छ, राज्यले भस्मासुरलाई राख्न सक्दैन।”अध्यक्षले भने ।

अध्यक्षले आफ्नो फेस्बुका स्टाटस मार्फत सम्बन्धित कर्मचारी र शिक्षकहरूको सामाजिक सञ्जाल पोस्टको प्रमाण आफूसँग भएको बताउँछन् ।