आजै पहिलो महिला प्रधानमन्त्री हुने पक्का, शपथ बेलुका ९ बजे

काठमाडौं । शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् । कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।