काठमाडौं । फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। शनिबार बिहान सार्वजनिक झन्डै दुई मिनेट अवधिको टिजरमा फिल्मको कथावस्तुको सानो झल्को दिइएको छ।
‘बलिदान’ सन्तोष सेनले निर्देशन गरेका हुन्। फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायत कलाकारहरूको अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।
‘बलिदान’ फूलपातीको अवसर पारेर असोज १३ देखि देशव्यापी प्रदर्शनमा आउने तयारी छ।
































